ad ad

खेल


चेल्सीमाथि लिड्स हाबी, ब्राइटनले वेस्टह्यामलाई हरायो

चेल्सीमाथि लिड्स हाबी, ब्राइटनले वेस्टह्यामलाई हरायो

नेपालखबर
भदौ ५, २०७९ आइतबार २०:४५, काठमाडौँ

प्रिमियर लिगको तेश्रो खेलमा चेल्सीले खराब नतिजा बेहोरेको छ। आइतबार बेलुकी भएको खेलमा लिड्स युनाइटेडले चेल्सीलाई ३–० ले पराजित गरेको हो। 

घरेलु मैदानमा पहिलो हाफमै चेल्सी दुई गोलले पछि परेको थियो। ब्रेन्डेन आरोनसनले ३३ औं मिनेटमा अग्रता दिलाए। रोड्रिगो मोरेनोले ३७ औं मिनेटमा अग्रता दोब्बर पारे। 

ज्याक हरिसनले ६९ औं मिनेटमा गोल थप्दा चेल्सी ३–० ले पछि परेको हो। त्यसपछि पनि चेल्सी खेलमा फर्किएन बरु ८४ औं मिनेटमा १० खेलाडीमा सिमित भयो। डिफेन्डर कालिडो कौलीबली दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिए। 

पहिलो खेलमा एभर्टनमाथि १–० को जित दर्ता गरेको चेल्सी दोश्रो खेलमा टोटनह्यामसँग २–२ को बराबरीमा रोकिएको थियो। तीन खेलबाट ४ अंक बटुलेको चेल्सी १२ औं स्थानमा छ। ७ अंकसहित लिड्स दोश्रो स्थानमा उक्लिएको छ। 

आइतबार बेलुकी नै भएको अर्को खेलमा ब्राइटनले वेस्टह्यामलाई २–० ले पराजित गरेको छ। खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको ब्राइटनले ६६ औं मिनेटमा अर्को गोल थपेको हो। 

साविक विजेता म्यानचेस्टर सिटीले आइतबार राति न्युक्यासलको सामना गर्दैछ। सिटीले यसअघिका दुवै खेलमा जित दर्ता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .