ad ad

खेल


साग समापनलाई प्रधानमन्त्री ओलीले भिडियोमार्फत सम्बोधन गर्दै

साग समापनलाई प्रधानमन्त्री ओलीले भिडियोमार्फत सम्बोधन गर्दै

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १४:५५,

काठमाडाैंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) बिशेष कार्यक्रमका बीच मंगलबार समापन हुँदैछ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै व्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी गराए।

सोमबार साँझ मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव सिलवालले प्रतियोगिता शुरुदेखि अहिलेसम्म व्यवस्थित रुपमा सञ्चालन भइरहेको र समापनलाई झनै व्यवस्थित र भब्य बनाउन लागिएको बताए। उनका अनुसार समापन समारोहकै दिन नेपाल र भुटानबीच फुटबलको फाईनल हुनेछ।

त्यसअघि मंगलबार १२ बजे सांसद ११ र राष्ट्रसेवक कर्मचारी ११ बिच मैत्रीपूर्ण फुटबल हुनेछ। फुटबल प्रतियोगिताको फाईनल लगत्तै समापन समारोह शुरु हुनेछ। डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रविधिमार्फत सम्बोधन गर्नेछन्। त्यसको दोश्रो दिन बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नेछन्। प्रोत्साहन प्याकेजबारे भने केही खुलाईएको छैन।

सरकारले यसअघि नै विगतको भन्दा उल्लेख्य वृद्धि गर्दै प्रोत्साहन प्याकेज घोषणा गर्ने जनाइसकेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहने समापन समारोहमा उपप्रधानमन्त्री पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिब सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ।

समापन समारोहकै अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ। त्यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्द्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्य सचिव सिलवालले जानकारी दिए।

सो अवसरमा साग ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ। समापनका दिन कार्यक्रम स्थलका प्याराफिटलाई बिभिन्न श्रेणीमा वर्गिकरण गरी व्यवस्थित गरिने राखेपले जनाएको छ।

प्याराफिटमा भीभीआईपी, भीआईपी, पत्रकार, पदक बिजेता खेलाडी, विदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने ब्यबस्था गरिने भएको छ। समापनकै दिन फुटवल प्रतियोगिताको फाईनल भएकाले फुटबल हेर्नका लागि दुई हजार र एक हजार दरका टिकटको ब्यबस्था गरिएको छ। तिनै टिकटले समापन समारोहमा पनि सहभागि हुन सकिनेछ। उत्तरतर्फ १२ हजार जना अट्ने प्याराफिटका लागि ८ हजार टिकट मात्र बिक्रि गरिएको छ। ती टिकटहरु बिक्री भैसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .