ad ad

कारोबार


बिग मर्जर पछि विदेशमा शाखा खोल्ने नेपाली बैंकको योजना

बिग मर्जर पछि विदेशमा शाखा खोल्ने नेपाली बैंकको योजना

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १४:४४,

नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन्।

सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानी कर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए। उनले गैर आवासीय नेपालीहरुको समेत लगानी निर्माण हुँदै गरेको दोर्दी जलाबिद्युत आयोजना छिट्टै सञ्चालनमा आउने पनि बताए। उनले हाल अस्ट्रेलिया लगाएत भारत, बेलायत, मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकको अस्ट्रेलियामा शाखा खोल्ने तयारी सुरु भएको पनि बताए।

नेपालमा प्रदेश–प्रदेशहरु र स्थानीय सरकारहरुबीच विकासमा प्रतिष्पर्धा पनि सुरु भएकाले लगानीका सम्भावनाहरु झन् बढेर गएको उनले बताए। आफ्नो समूहले चन्द्रागिरि केवलकार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो।

अन्तरक्रियामा गैर आवासीय नेपाली संघको अन्तराष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो संस्था दश अर्ब बराबरको गैर आवासीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए। उक्त कोष निर्माणसँगै नेपालमा गैर आवासीय नेपालीहरुको ठुलो तथा संयुक्त लगानी सुरु हुने बताए।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गैर आवासीय नेपालीहरुमा लगानीको आत्माविश्वास अझै पैदा नभएको बताए। नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाँबाट पुँजी लगानी गर्न पाइने वातावरण बनेमा गैर आवासीय नेपाली लगाएत वैदेशिक पुँजी नेपालमा भित्रन सक्ने उनले बताए।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैर आवासीय नेपालीहरुले ठुलो मात्रामा संयुक्त पुँजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफूलाई विस्वास भएको भन्दै आफूहरुले पुँजी संकलनमै जोड दिनु पर्ने बताए। कार्यक्रममा सिड्नीमा क्रियाशील दुइ दर्जन व्यवसायी तथा गैर आवासीय नेपाली अगुवाहरु उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .