प्रतिबन्धित शक्तिवद्र्धक औषधी डोपिङविरुद्धको विश्वव्यापी संस्था वाडाले रुसलाई डोपिङ काण्डमा दोषी ठहर्याउँदै दुई ठूला प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको हो।
सन् २०२० मा जापानको टोकियोमा ओलम्पिक खेल हुँदैछ। सन् २०२२ मा कतारमा विश्वकप फुटबल हुँदैछ। प्रतिबन्धको अर्थ रुसको राष्ट्रिय गान र राष्ट्रिय झण्डा यी प्रतियोगितामा बजाउन र फहराउन पाइने छैन्।
वाडाले प्रतियोगितामा भाग लिन चाहने रुसी नागरिकले डोपिङरहित ठहर्याउन सके उनीहरुलाई तटस्थ झण्डामुनी मार्चपास गराई खेलमा सहभागी हुन दिइने जनाएको छ।
स्वीजरल्याण्डको लाउसानेमा सम्पन्न वाडाको कार्यकारीहरुको वैठकले रुसलाई खेलमा प्रतिबन्ध गर्ने निर्णय गरेको हो।
रुसको डोपिङविरुद्धको संस्थाले वाडालाई खेलाडीको डोपिङको जानकारी तोडमोड गरेको प्रदान गरेको जनाइएको छ।
सन् २०१४ को रुस ओलम्पकमा रुसले ३३ पदक हात पार्दा १३ स्वर्ण जितेको थियो। डोपिङमा दोषी ठहरिएपछि सन् २०१५ यता रुसमाथि प्रतिबन्ध लागेको छ।
वाडाको हालको निर्णयमा रुसी पक्षले २१ दिनभित्र आफ्नो प्रतिक्रिया जनाउन सक्छन्। बीबीसी

प्रतिक्रिया