ad ad

खेल


राष्ट्रिय टोलीमा सिनियर खेलाडीको पुनरागमन, भरत पनि फर्किए (सूची)

राष्ट्रिय टोलीमा सिनियर खेलाडीको पुनरागमन, भरत पनि फर्किए (सूची)

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०७९ आइतबार १८:९, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कारबाही गरेका सबै  खेलाडीलाई राष्ट्रिय टोलीमा डाकिएको छ। 

नेपालले आगामी असोज ११ मा बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै छ।

मुख्य प्रशिक्षक अलमुताइरी बंगलादेशविरुद्धको खेलमा नआउने भएपछि अहिले कार्यवाहक मुख्य प्रशिक्षक बनाइएका प्रदीप हुमागाईंले ४० खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाएका हुन्। 

काठमाडौंमा हुने खेलका लागि बोलाइएका खेलमा अलमुताइरीले कारबाही गरेका रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट सुजल श्रेष्ठ, किरण चेम्जोङले पुनरागमन गरेका हुन्। त्यस्तै त्रिभुवन आर्मी फुटबल क्लबका भरत खवासले पनि लामो समयपछि पुनरागमन गरेका छन्। 

को को डाकिए? 
गोलरक्षक
:किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की र विशाल श्रेष्ठ

रक्षक :अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, राजिन धिमाल, निशान खड्का र अमित तामाङ
मध्यपंक्ति :सन्जोग राई, पूजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आंग्देम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरजज्यु ठकुरी, सुवास गुरुङ, आभाष लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ र अन्जन विष्ट

अग्रपंक्ति :विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाईं, अभिषेक रिजाल र भरत खवास 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .