ad ad

खेल


साम्बाको टोलीले आज केरला युनाइटेडविरुद्ध खेल्दै

साम्बाको टोलीले आज केरला युनाइटेडविरुद्ध खेल्दै

नेपालखबर
साउन २५, २०७९ बुधबार १६:१३, काठमाडौँ

राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) आबद्ध गोकुलम केरला एफसीले भारतको केरला महिला लिगमा केरला युनाइटेड एफसीविरुद्ध खेल्दै छ। 

खेल भारतको केरलास्थित ईएमएस कर्पोरेसन स्टेडियममा साँझ सवा ४ बजे सुरु हुनेछ। 

केरला महिला लिगको पहिलो खेलमा साम्बाले सुरुवाती ११ मा स्थान बनाएकी छिन्। 

घुँडाको चोटका कारण करिब डेढ वर्ष मैदान बाहिर रहेकी साम्बाले केरला युनाइटेडविरुद्ध खेल्दै व्यवसायिक लिगमा पुनरागमन गर्दै छिन्। 

लिगको शीर्ष स्थानमा रहने टोली भारतीय महिला लिगका लागि छनोट हुनेछन्।  साम्बा सम्मिलित गोकुलमले अगस्ट २० देखि सुरु हुने एफसी क्लब च्याम्पियनसिप खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .