पहिलो हाफमा नेपालले आफ्नो एक गोलको अग्रता जोगाएर राख्न सफल भएको छ।
सुनिल बलको गोलसँगै नेपालले बंगलादेशविरुद्ध खेलको ११ औं सुरुवाती अग्रता लिएको थियो।
कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले आकर्षक गोल गरेका थिए।
हाल दशरथ रंगशालामा बंगलादेश र नेपालबीचको हेड टु हेड खेल भइरहेको हो।
आजको खेलमा नेपालले बराबरी खेले अथाव जिते फाइनलमा स्थान बनाउने छ। बंगलादेशले फाइनलमा प्रवेश गर्न नेपाललाई जित्नैपर्नेछ।
३ खेलबाट नेपालले ७ अंक पाएको छ भने बंगलादेशको समान खेलबाट ४ अंक छ।
बंगलादेशलाई पराजित गर्दै आज फाइनल पुगे नेपाल साग फुटबलमा छैटौं पटक फाइनलमा पुग्नेछ।
यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको छ। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको छ।
फाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगितामा नेपालले सुरुवाती खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो।

प्रतिक्रिया