कारोबार


नर्भिक अस्पतालले पायो मलेसियामा अवार्ड

नर्भिक अस्पतालले पायो मलेसियामा अवार्ड

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ११:२३,

मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वर्ल्ड कन्फडेरेसन अफ बिजिनेसेसले नर्भिक इन्टरनेशनल हस्पिटललाई सफलताको शिखर अवार्ड प्रदान गरेको छ। क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोहका बीच नर्भिकलाई उक्त अवार्ड प्रदान गरिएको हो।

उक्त समारोहमा नर्भिकलाई वल्र्डकब परिवारको प्लेटिनम मेम्बर समेत प्रदान गरिएको अस्पतालले जनाएको छ। वल्र्डकबले नर्भिकलाई आगामी दिनहरुमा यसका सेवाका स्तरलाई उकास्न भरमग्दुर र निरन्तर प्रयास गर्ने प्रतिबद्धता समेत दोहो¥याएको छ। नवीनतम् प्रविधिका क्षेत्रमा नर्भिकलाई सहयोग गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित पार्न हर–सम्भव उपायहरुको अवलम्बन गरिने समेत बताएको छ।

उक्त पुरस्कारबाहेक नर्भिकलाई स्वास्थ्य सेवामा विश्व व्यावसायिक नेतृत्व नामक सम्मानका साथ यसलाई ठूलो प्रेरणादायी संस्थाकारुपमा समेत सम्मान गरिएको थियो। वल्र्डकबका तर्पmबाट मलेसियका लागि नेपालका राजदूत उदयराज पाण्डेले एक विशेष समारोहबीच उपरोक्त पुरस्कार तथा सम्मानहरु नर्भिकका पदाधिकारीहरुलाई अर्पण गरेका थिए।

नर्भिककी प्रबन्धनिर्देशक मेघा चौधरीले नेपाली स्वास्थ्य सेवाका फाँटलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न खेलेकी प्रभावकारी एवम् नेतृत्वदायी भूमिकावापत उनलाई वल्र्ड लिडर बिजिनेस पर्सन सम्मानद्वारा पुरस्कृत गरिएको थियो। आफ्नो संस्थामा नवीनतम्, सुविज्ञ र व्यवस्थित वातावरणको सिर्जना गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई उकास्न मद्दत पु¥याएवापत उनलाई सो पुरस्कारले सम्मान गरेको वल्र्डकबले जनाएको छ। सो अवसरमा नर्भिकका पदाधिकारीहरुका साथ कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहलाई पनि व्यावसायिक नेतृत्वमा सर्वोत्कृष्ट विषयक सम्मान प्रदान गरिएको थियो।

वर्ल्डकबले आ–आफ्ना क्षेत्रमा विश्वव्यापी ख्याति प्राप्त गरेका र नेतृत्वदायी भूमिका खेलेका कम्पनी तथा व्यक्तित्वहरुलाई सम्मानित र पुरस्कृत गर्ने गर्दछ । सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वल्र्डकबको मुख्य उद्देश्य नै बिश्ववयापीरुपमा मूल्य र मान्यतामा आधारीत व्यवसायहरुको प्रबद्र्धन गर्नु, तिनको पहिचान, सम्मान एवम् अगुवा व्यवसाय तथा व्यवसायिक व्यक्तित्वहरुको साख अभिवृद्धिमा सहयोग पु¥याउनु रहेको छ।

विश्वका १३० भन्दा बढी राष्ट्रहरुमा दि वल्र्डकबका ३ हजारभन्दा बढी सदस्य प्रतिष्ठानहरुको सञ्जाल रहेको छ । यो सम्मानले व्यवसायको नैतिक अभ्यासलाई प्रवद्र्धन गर्दै अनुकरणीय एवम् अनुसरणीय व्यवसायिक उदाहरणहरु स्थापित गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा तत्सम्बन्धित व्यवसायहरुले निर्धारित मापदण्डलाई अनुसरण गरुन भन्ने अभिप्राय राख्दछ ।

वल्र्डकबद्वारा जारी सूचनाअनुसार स्थापित मापदण्डमा आधारीत छनौट मापदण्डहरु जस्तैः व्यवसायिक अगुवाई, सेवाको गुणस्तर, प्रभावकारी तथा गुणस्तरीय व्यवस्थापन प्रणाली, अभिनव र रचनात्मकता, संस्थागत सामाजिक उत्तरदायित्व, समृद्ध इतिहास, उत्कृष्ट चिकित्सा नैतिकताको अवलम्बन, विरामी सुरक्षा, हस्पिटलजन्य सङ्क्रमणको नियन्त्रण लगायत रोग रोकथाम, निदान, औषधोपचार एवम् उपचारका क्षेत्रमा हस्पिटलले हासिल गरेको उत्कष्ट नतिजा रहेका थिए ।

स्वास्थ्य सेवा जस्तो जटिल क्षेत्रमा उत्कृष्टता हासिल गरेकोमा दि वल्र्डकबले नर्भिक व्यवस्थापनलाई बधाई दिंदै भविष्यमा उत्कृष्टताको सगरमाथा चुमोस् भन्ने कामना समेत गरेको छ । उत्कृष्ट स्वास्थ्य सेवाको रजत महोत्सव मनाइसकेको नर्भिकले नेपाली निजी क्षेत्रका हस्पिटलमध्ये सर्वप्रथम “ग्लोवल ग्रिन एण्ड हेल्दी हस्पिटल्स्”, अमेरिकाको सदस्यता प्राप्त गरेको थियो ।

नेपालमै सर्वप्रथम आइ.एस.ओ. प्रमाणीकरण र उत्कृष्ट प्रयोगशाला सेवाका लागि एनएबीएल प्रमाणीकरण पाउने नर्भिकले यसपूर्व युरोप बिजिनेश एसेम्बेली, बेलायतबाट उत्कृष्ट क्षेत्रीय हस्पिटल, नेपालको उत्कृष्ट इम्प्लोयर ब्राण्ड र जर्मनीको बर्लिनमा अन्तर्राष्ट्रिय क्वालिटी च्वाइस प्राइज जस्ता सम्मान÷पुरस्कारहरु प्राप्त गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad