ad ad

खेल


एन्फा केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डा थप्न केन्द्रीय सदस्यको माग

एन्फा केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डा थप्न केन्द्रीय सदस्यको माग

नेपालखबर
साउन २२, २०७९ आइतबार १३:३४, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य पेमा लामा डोल्माले केन्द्रीय कार्यसमितिको बैठकमा एजेण्डा थप गर्न माग गरेकी छिन्। 

एन्फा महिला समितिकी अध्यक्ष समेत रहेकी लामाले बिहिबार बस्ने बैठकमा पुरस्कार राशी, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा डेमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका विषयमा एजेण्डा थप्न माग गरेकी हुन्। 

लामाले एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङलाई सम्बोधन गर्दै कार्यसमिति बैठकमा एजेण्डा थपका लागि महासचिव किरण राईलाई शुक्रबार निवेदन दिएकी छिन्। 

लामासँगै शुक्रबार नै दुई उपाध्यक्षसहित सात जनाले पनि आफुहरुको निवेदनलाई एजेण्डाको रुपमा थप्न माग गरेका थिए। लामाबाहेक अन्यले एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्ने आफूहरुले बुझाएको निवेदनलाई एजेण्डा बनाउन माग गरेका हुन्। यसअघि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १३ जनाले पाँडेलाई बर्खास्त गर्न संयुक्त निवेदन दर्ता गरेका थिए। 

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक असार ८ गते बसेको थियो। त्यसयता २ पटक बोलाईएको बैठक स्थगित भइसकेको छ। साउन २ गतेको बैठक एन्फा अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको थियो। साउन ५ गतेको बैठक एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .