ad ad

खेल


प्रिमियर लिगको पहिलो खेलमा चेल्सी र टोटनह्यामको जित

प्रिमियर लिगको पहिलो खेलमा चेल्सी र टोटनह्यामको जित

नेपालखबर
साउन २२, २०७९ आइतबार ६:५४, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गतको नयाँ सिजनको पहिलो खेलमा चेल्सी र टोटनह्यामले जित हात पारेका छन्।

शनिबार राति भएको खेलमा चेल्सीले एभर्टनमाथि १–० गोल अन्तरको जित हात पारेको हो भने टोटनह्यामले साउथाम्टनमाथि ४–१ गोल अन्तरको जित निकाल्यो।

शनिबारको खेलमा चेल्सीलाई जित दिलाउने क्रममा पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमार्फत जर्जिन्होले गरेको गोल नै निर्णायक बन्यो।

टोटनह्यामलाई जित दिलाउने क्रममा रयान सेसेग्नोन, एरिक डायर र डेजान कुलुसेभ्स्कीले १/१ गोल गरेका थिए।

एक गोल टोटनह्यामले आत्मघाती गोलको रुपमा उपहार पाएको थियो।

विपक्षी टोलीको तर्फबाट खेलको १२ औं मिनेटमा जेम्स वार्ड प्रोसले एक गोल गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .