खेल


युवा टोलीलाई अलमुताइरीको सुझाव–गल्तीबाट सिकेर अघि बढ

युवा टोलीलाई अलमुताइरीको सुझाव–गल्तीबाट सिकेर अघि बढ

नेपालखबर
साउन १८, २०७९ बुधबार ८:२२, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली यू–२० फुटबल टोलीको प्रदर्शनबारे प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले साफ यू–२० च्याम्पियनसिपमा नेपाली टोलीमा केही सकारात्मक र केही नकारात्मक पाटो देखिएको उल्लेख गरेका छन्। यद्यपि युवा टोलीमा केही प्रतिभावान खेलाडी देखिनु निकै महत्वपूर्ण कुरा रहेको उनले बताएका छन्। 

उनले यो युवा टोलीका खेलाडीहरुसँग काम गर्न आफू निकै उत्साहित रहेको पनि उल्लेख गरेका छन्। साफको फाइनलमा पुग्न नसके पनि त्यसबाट हतोत्साहित नहुन र गल्ती सुधार्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्न पनि उनले युवा टोलीलाई सुझाव दिएका छन्। 

उनले मैत्रीपूर्ण राष्ट्रिय फुटबलको कुनै तालिका नपरे आगामी महिना हुने एएफसी यू२० एसियन कपको छनोट खेलमा नेपाली टोलीको खेल हेर्न आफू बहराइन आउने पनि उल्लेख गरेका छन्। 

सेप्टेम्बर १० देखि बहराइनमा एएफसी यू–२० कपको छनोट खेल सुरु हुनेछ। नेपाल रहेको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad