ad ad

खेल


विश्वकप क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरु छनोट

विश्वकप क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरु छनोट

नेपालखबर
साउन १७, २०७९ मंगलबार १३:१, काठमाडौँ

नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ। 

अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। 

पुरस्कृत खेलाडीहरुलाई क्रमशः ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ  र १० हजार नगद रकम पनि प्रदान गरिएको थियो।

प्रतियोगितामा भाग लिएका राष्ट्रियस्तरका ८० प्रतिस्पर्धीमध्ये शेराज अंसारी र क्रान्ति रावललाई पनि सम्मानित गरिएको एसोसिएशनले जनाएको छ। 

आगामी अक्टोबरमा मलेसियामा हुन गइरहेको विश्वकप क्यारेम खेल प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुने गरी राष्ट्रियस्तरका छ देखि नौ जनासम्म खेलाडीलाई पठाउने तयारी थालिएको एसोसिएशनका सल्लाहकार निलेश अधिकारीले बताए। 

सो अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले यस्ता प्रतियोगिताहरूले राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने बताउँदै पर्यटन प्रवर्द्धनमा खेल पर्यटनको महत्वपूर्ण योगदान रहने उल्लेख गरे।

कार्यक्रममा विश्व कप क्यारेम एसोसिएसनका महासचिव विवेक देशनारायण, बङ्गाल स्टेट सिलिगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जय धोश, डिस्टिक क्यारेम एसोसिएशन पश्चिम बङ्गालका सचिव सञ्जीव धोस लगायतले विश्व कपमा नेपालले उत्कृष्ट नतिजा ल्याउने  विश्वास व्यक्त गरे।

अल नेपाल क्यारेम एसोसिएशनकी अध्यक्ष विनिता अर्यालले विश्व कपमा सहभागी हुने नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .