ad ad

खेल


साफ महिला च्याम्पिनयसिपको उद्घाटन खेलमा नेपाल भुटानसँग खेल्ने

साफ महिला च्याम्पिनयसिपको उद्घाटन खेलमा नेपाल भुटानसँग खेल्ने

नेपालखबर
साउन १५, २०७९ आइतबार २०:४६, काठमाडौँ

घरेलु मैदानमा हुने साफ महिला च्याम्पिनयसिपको उद्घाटन खेलमा नेपालले भुटानसँग भिड्ने भएको छ। 

साफले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले भदौ २१ गते भुटानसँग खेल्दै च्याम्पिनयसिपको सुरुवात गर्नेछ। 

नेपालले दोस्रो खेलमा भदौ २७ गते श्रीलंकासँग खेल्ने तालिका छ। च्याम्पियनसिपमा नेपाल भुटान र श्रीलंका रहेको समूह बी मा छ। 

भदौ २२ गते समूह ए मा रहेका भारत र पाकिस्तान तथा बंगलादेश र मालदिभ्स खेल्नेछन्।

भदौ २४ गते श्रीलंका र भुटान खेल्नेछन्।

२५ गते पाकिस्तान र बंगलादेश तथा मालदिभ्स र भारत खेल्ने तालिका छ।

भदौ २८ गते मालदिभ्स र पाकिस्तान तथा भारत र बंगलादेश स्पर्धा गर्नेछन्। 

समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।

खेल तालिका अनुसार भदौ ३१ गते सेमिफाइनल खेल हुनेछ।

पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उपविजेता भिड्नेछन्।

दोस्रो सेमिफाइनलमा समूह बी को विजेता र समूह ए को उपविजेता भिड्नेछन्। 

फाइनल भिडन्त असोज ३ गते हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .