ad ad

खेल


भारतिवरुद्धको खेलमा सन्दीपको ठाउँमा मनग्य मैदानमा

भारतिवरुद्धको खेलमा सन्दीपको ठाउँमा मनग्य मैदानमा

फाइल फोटाे


नेपालखबर
साउन १५, २०७९ आइतबार १९:२३, काठमाडौँ

साफ यू२० च्याम्पियन्सिप अन्तर्गत भारतसँगको खेलमा नेपाली टोलीले १ खेलाडी परिवर्तन गरेको छ। 

भारतको भुवनेश्वरमा अहिले भइरहेकाे खेलमा सन्दीप कार्कीको स्थानमा मनग्य नकर्मीले स्थान बनाएका छन्।

यसअघिका दुवै खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेर गोल गरेका मनग्य भारतविरुद्ध सुरुवाती ११ मा स्थान बनाउन सफल भएका हुन्। 

नेपाली टोलीको कप्तानी आयुष घलानले गर्दैछन्। आजको खेलमा भारतलाई पराजित गरे नेपाल एक खेल अगावै फाइनलमा पुग्नेछ। 

आजै भएको पहिलो खेलमा मालदिभ्स र श्रीलंकाले एक एक गोलको बराबरी खेले। च्याम्पियसिपमा अपराजित रहेको बंगलादेशल तीन खेलबाट ९ अंक जोड्दै शीर्षस्थानमा छ।

६ अंकमा नेपाल दोस्रो र भारत ३ अंकमा तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .