ad ad

खेल


तेह्रौं सागः ब्याडमिन्टनमा भारतलाई चार स्वर्ण पदक

तेह्रौं सागः ब्याडमिन्टनमा भारतलाई चार स्वर्ण पदक

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार १२:३५,

यही मङ्सिर १५ गतेदेखि पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कोर्टमा शुरु भएको प्रतियोगिताको सम्पन्न फाइनल स्पर्धामा भारतले सर्वाधिक चार स्वर्णपदक जित्न सफल भएको हो।

ब्याडमिन्टनको कूल पाँच स्वर्ण, पाँच रजत र पाँच काश्यका लागि भएको स्पर्धामा एक स्वर्ण पदक भने श्रीलङ्काले जितेको छ।

भारतले महिला तथा पुरुष एकल, पुरुष डबल्स र मिक्स डबल्समा स्वर्ण पदक जितेको हो भने श्रीलङ्काले महिला व्यक्तिगत स्वर्ण पदक जित्न सफल भयो।

भारतका लागि महिला एकलतर्फ अस्मिता चलिहाले स्वर्ण पदक जितिन्। उनले भारतकै गायत्री गोपीचन्दलाई २१–१८ र २५–२३ को सोझो सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेकी हुन्।

पुरुष एकलतर्फ सिरिल बर्माले भारतकै आरेमान टण्डनलाई १७–२१, २३–२१ र २१–१३ को सेटमा पराजित गर्दै स्वर्ण पदक जिते। यस स्पर्धामा भारतले नै रजत पदक जितेको हो।

पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गरगा र ध्रुव कपिलाको जोडीले श्रीलङ्का सचिन प्रमेशन र बुवानेका थरिन्डुको जोडीलाई २१–१९, १९–२१ र २१–१८ को सेटमा पराजित गर्दै स्वर्ण जिते। रजत पदक भने श्रीलङ्काले जितेको छ।

मिक्स डबल्समा ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलङ्काको सचिन प्रेमसन एगोडा मिगानाला र थिलिमि मरमोदीका हेन्देहेभाको जोडीलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजिद गर्दै स्वर्ण पदक जिते। रजत पदक श्रीलङ्काले जितेको छ।

महिला डबल्समा श्रीलङ्काका थिलिनि प्रमोदिका हेन्देहेभा र कविन्डी श्रीमांगेको जोडीले श्रीलङ्काकै अचिनि निमेसीका रत्नासिरी कपुरु र उपुली समान्तिकाको जोडीलाई २१–१० र २१–७ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदक पनि श्रीलङ्काले नै जितेको हो।

आयोजक नेपाल भने ब्याडमिन्टनतर्फ पाँच काश्य पदकमा चित्त बुझाउन बाध्य बन्यो । पोखरामा सञ्चालन भएका सागका आठ खेलमध्ये ब्याडमिन्टनमा सातवटै राष्ट्रले भाग लिएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .