खेल


सागः जनकपुरमा कुस्ती खेल सुरु

सागः जनकपुरमा कुस्ती खेल सुरु

शैलेन्द्र महतो
मंसिर २०, २०७६ शुक्रबार १२:२२,

शुक्रबार अपराहन्न ४ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गरेपछि खेल प्रारम्भ भएको हो।

शुक्रबारदेखि मंसिर २३ गते चारदिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन मिथिलाको मौलिक सांगीतिक गीत तथा नृत्यबाट खेलाडीहरुलाई स्वागत गर्दै भएको छ।

शुक्रबार चार स्वर्ण पदकको लागि महिला र पुरुष गरी चार तौल समुहबीच प्रतिस्पर्धा हने छ।

हाल पुरुष तर्फ ५७, ६५ केजी र महिला तर्फ ५०, ५३ केजी तौल समूहका भारत, श्रीलङका, बाँगलादेश र आयोजक नेपालका खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१३ कर्वड हलको मैदानमा सुरु भएको प्रतियोगितामा २० वटा स्वर्ण पदकको लागि पाँच देशका खेलाडीबीच प्रतिस्पर्धा हुने छ।

आयोजक कुस्ती प्रतियोगिता तयारी समितिका संयोजक कमल किशोर चौधरीका अनुसार कुस्ती प्रतियोगितामा पुरुषतर्फ ५७ किलो, ६१ किलो, ६५ किलो, ७० किलो, ७४ किलो, ७९ किलो, ८६ किलो, ९२ किलो, ९७ किलो र १ सय २५ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

यस्तै महिलातर्फ ५० किलो, ५३ किलो, ५५ किलो, ५७ किलो, ५९ किलो, ६२ किलो, ६५ किलो, ६८ किलो, ७२ किलो र ७६ किलो तौल समूहमा प्रतिस्पर्धा गराइने छ।

यसमध्ये नेपालले सात वटा तौल समूहमा मात्रै प्रतिस्पर्धा गर्नेछ। पुरुषतर्फ ५७, ६५, ७०, ७९, ८६, ९२ र १ सय २५ तथा महिलातर्फ ५०, ५३, ५७, ६२, ६५ र ६८ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .