१३औं दक्षिण एसियाली खेलकुद(साग)मा गौरिका सिंहले पौडीमा नेपाललाई अर्को स्वर्ण दिलाएकी छिन्।
सातदोबाटो स्थित पौडी पोखरीमा शुक्रबार भएको २०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले स्वर्ण जितेकी हुन्। उनले २ मिनेट १७.७३ सेकेन्डमा उक्त दूरी पार गरिन्।
भारतकी मान्ना राजिव पटेललाई झण्डै ३ सेकेन्डले पछि पार्दै गौरिकाले स्वर्ण जितेकी हुन्। पटेलले २ मिनेट २०.१७ सकेन्डमा उक्त दूरी पार गर्दै रजत जितिन्।

यस्तै श्रीलंकाकी गंगा सेन मालवाथंगेले यस विधामा काँस्य पदक हात पारिन। उनले निर्धारित दूरी २ मिनेट २७.२५ सेकेन्डमा पार गरेकी थिइन्।
यसअघि गौरिकाले बिहीबार २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दै नेपालका लागि पौडीको इतिहासमा पहिलो व्यक्ति स्पर्धामा स्वर्ण जित्ने खेलाडी बनेकी थिइन्।
सम्बन्धित समाचार: ‘तर म त नेपाली हो, यो मेडल नेपाललाई हो’

प्रतिक्रिया