समाज


रुपन्देहीमा आफ्नै छोराद्वारा बृद्ध बुबाआमाको हत्या

 रुपन्देहीमा आफ्नै छोराद्वारा बृद्ध बुबाआमाको हत्या

प्रकाश न्यौपाने
मंसिर २०, २०७६ शुक्रबार ११:४३,

रुपन्देहीको ओमसतिया गाउँपालिकामा आफ्नै छोराले वृद्ध बुबाआमाको हत्या गरेका छन्।

ओमसतिया वडा नम्बर–४, बालापुरका गोरख यादवले धारिलो हतियार प्रहार गरि आफ्ना बुवाआमाको हत्या गरेका हुन्। शुक्रबार दिउँसाे घरमै बसिरहेका बेला बुवाआमा उनले हत्या गरेका हुन ।

आफ्नै घरको कोठाभित्र बसिरहेका ७२ वर्षीया बुबा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए।

छोराले धारिलो हतियार प्रहार गरेपछि रामनारायणको घटनास्थलमै मृत्यु भएको थियो भने थगनाको युनीभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बुवाआमाको हत्या गर्ने गोरखलाई प्रहरीले पक्राउ गरेको । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए।

बुवाआमाको हत्या गर्ने यादवको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ। यद्यपि यसबारे अनुसन्धान भइरहेको प्रहरी भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad