खेल


साग महिला क्रिकेटः श्रीलंकासँग पराजित नेपालको स्वर्ण सपना अधुरो

साग महिला क्रिकेटः श्रीलंकासँग पराजित नेपालको स्वर्ण सपना अधुरो

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ९:७,

नेपाल श्रीलंकासँग ४१ रनले पराजित भएको हो।

सुरुवाती ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो।

तर १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ७७ रन बनाउन सक्यो।

नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले सर्वाधिक १९ रनको योगदान दिइन् उनले २८ बलमा २ चौका प्रहार गरिन्।

त्यस्तै अप्सरी बेगम ११, करुणा भण्डारी १२ र कविता कुवर १३ रनमा नट आउट रहिन्।

नेपाललाई सस्तैमा समेट्न श्रीलंकाकी सचिनीले ३ र सत्या सन्दीपनीले २ विकेट लिइन्।

यससँगै १३ औं दक्षिण एसियाली खेलकुदको महिला क्रिकेटमा नेपालको स्वर्ण सपना सकिएको छ।

नेपाललाई हराएसँगै श्रीलंका फाइनलमा प्रवेश गरेको छ। अब श्रीलंकाले बंगलादेशसँग खेल्नेछ।

बंगलादेशले ३ खेलमा ३ जित हात पार्दा श्रीलंकाले समान खेलमा २ खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।

नेपालले ३ खेलमा २ अंक जोड्यो। अब नेपालले कास्यको लागि माल्दिभ्ससँग खेल्नेछ। माल्दिभ्सले यस प्रतियोगितामा कुनै अंक जोडेन।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad