ad ad

खेल


अफ्रिकी फुटबल वर्ष खेलाडी बने सेनेगलका माने

अफ्रिकी फुटबल वर्ष खेलाडी बने सेनेगलका माने

नेपालखबर
साउन ६, २०७९ शुक्रबार १२:१५, काठमाडौँ

सेनेगल फरवर्ड साडियो मानेले अफ्रिकन फुटबल अफ दि इयरको अवार्ड जितेका छन्। 

मोरक्कोको राजधानी रवातमा भएको कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) ले प्रदान गर्ने अवार्डमा मानेले दोस्रो पटक जितेका हुन्। 

मानेले इंग्लिस क्लब चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डी र इजिप्टका मोहम्मद सलाहलाई पछि पारे। 

अफ्रिकन कप अफ नेसन्सको फाइनलमा मानेले पेनाल्टीमा गोल गरेपछि इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक उपाधि उचालेको थियो। 

अवार्ड जितेपछि ३० वर्षीय मानेले अवार्ड जितेपछि आफु निकै खुसी भएको बताए। 

उनले भने, ‘ट्रफी पाउँदा म धेरै खुसी छु, सेनेगलका जनतालाई धन्यवाद दिन्छु र यो ट्रफी मेरो देशका युवाहरूलाई समर्पण गर्न चाहन्छु। जसले सेनेगललाई विश्वकपमा पुग्न मद्दत गर्‍यो र लिभरपुलसँग दुई घरेलु कप जित्यो।’ 

२०२२ का काफ अवार्ड विजेता
वर्ष खेलाडी (पुरुष)– साडियो माने (सेनेगल र लिभरपुल–बायर्न म्युनिख)
वर्ष खेलाडी (महिला)– एसिसात ओशोला (नाइजेरिया–बार्सिलोना)
वर्ष उत्कृष्ट प्रशिक्षक (पुरुष)– एलिउ सिसे (सेनेगल)
वर्ष उत्कृष्ट प्रशिक्षक (महिला)– डेसेरी एलिस (दक्षिण अफ्रिका)
टिम अफ दि इयर (पुरुष)– सेनेगल
वर्ष युवा खेलाडी (महिला)– एभलिन बाडु (घाना र सेकोन्डी हसाकास–अल्भाल्ड्सनेस)
वर्ष युवा खेलाडी (पुरुष)– पापे माटर सार (सेनेगल–टोटेनहम)
वर्ष उत्कृष्ट क्लब (महिला)– मामेलोडी सन्डाउन्स (दक्षिण अफ्रिका)
वर्ष उत्कृष्ट क्लब (पुरुष)– वाइडाड एथलेटिक क्लब (मोरक्को)
इन्टर क्लब प्लेयर अफ द इयर(महिला)– एभलिन बाडु (घाना–सेकोन्डी हसाकास–अल्भाल्डनेस)
इन्टर क्लब प्लेयर अफ द इयर(पुरुष)– मोहम्मद एल शेनावी (इजिप्ट–अल अहली)
वर्षको गोल– पापे उस्माने साखो (सेनेगल–सिम्बा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .