ad ad

साहित्य


ट्राफिक जनचेतनाका लागि साहित्य

ट्राफिक जनचेतनाका लागि साहित्य

नेपालखबर
साउन ६, २०७९ शुक्रबार १२:१०, काठमाडौँ

मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जका १०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित साहित्यका माध्यमबाट सडक सुरक्षासम्बन्धी ट्राफिक जनचेतना प्रवर्द्धन कार्यक्रम काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार सम्पन्न भयाे। 

सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले शान्ति सु-व्यवस्था लगायत बढ्दै गएको सडक सुरक्षामा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण बताए। 

 ट्राफिक प्रहरीले सडक सुरक्षालाई अझ प्रभावकारी बनाउनका लागि साहित्य समाज, विद्यार्थी, युवावर्ग लगायतका हरेक समुदायसँग जनचेतनामूलक अन्तरक्रिया कार्यक्रमलाई अझ प्रभावकारी रुपमा संचालन गर्नुपर्ने विचार उनले व्यक्त गरे।

साथै उनले ट्राफिक प्रहरीले संचालन गर्ने हरेक कार्यक्रमलाई प्रवर्धन र सहयोग गर्न नेपाल प्रज्ञा प्रतिष्ठान सदैव तयार रहेको उल्लेख गरे।
 
कार्यक्रममा अवसरमा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले समाजका हरेक वर्गसम्म सडक सुरक्षालाई जोड्न साहित्यले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। 

साथै उनले आफ्नो रचनामा ट्राफिक नियम सम्बन्धी सचेतना फैलाउने विषय राख्न साहित्यकारहरूलाई आग्रह समेत गरेका थिए। 

कार्यक्रममा कविहरू डा. कृष्णहरि बराल, डा.रजनी ढकाल, डा. साधना प्रतीक्षा, धीरेन्द्र प्रेमर्षि र भीष्म उप्रेतीले आ-आफ्नो रचना वाचन गरेका थिए। 

साथै उनीहरूसँग साहित्यमा ट्राफिक चेतनाका कुरा, साहित्यमा सुरक्षाका कुरा, साहित्य, सडक, समाज र सुरक्षाका कुरा, साहित्यका आँखामा ट्राफिक प्रहरी लगायतका विषयमा अन्तरक्रिया समेत भएको थियो।

कार्यक्रममा कवि उमेश अवस्थी आदर्शले कविहरूसँग अन्तरक्रियासमेत गरेका थिए। 

अन्तरक्रियामा साहित्यकारहरूले आजसम्म लेखिएका साहित्यमा सुरक्षा, सडक दुर्घटनाका विषयमा निकै कम समेटिएको र अबका दिनमा यसबारे  लेखिनुपर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .