ad ad

खेल


अस्ट्रियालाई हराउँदै जर्मनी महिला युरोकपको सेमिफाइनलमा

अस्ट्रियालाई हराउँदै जर्मनी महिला युरोकपको सेमिफाइनलमा

जर्मनी र अस्ट्रियाबीचको खेल। तस्बिर : एपी/रासस


नेपालखबर
साउन ६, २०७९ शुक्रबार १२:७, काठमाडौँ

अष्ट्रियालाई पराजित गर्दै जर्मनी महिला युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

बिहीबार राति भएको दोस्रो क्वार्टरफाइनल खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दै जर्मनीले अन्तिम ८ मा स्थान पक्का गरेको हो। 

जर्मनीको जितमा लिना मगुल र अलेक्जान्ड्रा पपले गोल गरे। खेलको २५औँ मिनेटमा लिनाले क्लारा बुहलको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। 

पहिलो हाफमा १–० ले अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा १ गोल थप्यो। खेलको ९० औँ मिनेटमा अलेक्जान्ड्राले गोल गर्दै अग्रता दोब्बर पारिन्।

जर्मनीले अब फाइनल प्रवेशका लागि फ्रान्स र नेदरल्याण्डसँगको विजेतासँग खेल्नेछ। 

यसअघि भएको पहिलो क्वार्टरफाइनल खेलमा स्पेनलाई २–१ ले हराउँदै इंग्ल्याण्डले अन्तिम ४ मा स्थान बनाइसकेको छ। 

युरोकपमा आज स्वीडेन र बेल्जियम खेल्नेछन्। आजको खेलको विजेताले सेमिफाइलनमा इंग्ल्याण्डको सामना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .