ad ad

खेल


नेपाल हवाई खेलकूद संस्थामा भण्डारी

नेपाल हवाई खेलकूद संस्थामा भण्डारी

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ५:३३,

नेपाल हवाई खेलकूद संस्था (ना) को अध्यक्ष पदमा कृष्ण भण्डारी निर्वाचित भएका छन्।

पोखरामा बिहीबार साँझ सम्पन्न संस्थाको आठौँ अधिवेशन तथा १७औँ साधारणसभामा शोभित बानियाँलाई पराजित गरी भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन्।

संस्थाको वरिष्ठ उपाध्यक्षमा वसन्तराज दवाडी, प्रथम उपाध्यक्षमा इन्द्र भण्डारी, द्वितीय उपाध्यक्षमा भरतप्रसाद तिमिल्सिना, तृतीय उपाध्यक्षमा नारायण पराजुली, प्राविधिक उपाध्यक्षमा अनिल केसी र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै सचिवमा माधव तिवारी, कोषाध्यक्षमा एलिश थापा र सहकोषाध्यक्षमा चीनबहादुर बानियाँ निर्वाचित भएका छन्। सदस्यमा शर्मिला शर्मा, संगीता अधिकारी, खुबबहादुर गुरुङ, दीपक थापा, सुभाष थापा निर्विरोध निर्वाचित भएका छन्।

अध्यक्षमा निर्वाचित भण्डारीले पोखराको प्याराग्लाइडिङ क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन आफ्नो तर्फबाट थप योगदान रहने प्रतिबद्धता व्यक्त गरे। अधिवेशनको अवसरमा इण्डोनेशियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा नेपाललाई प्याराग्लाइडिङमा रजत पदक दिलाउन सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरिएको थियो।

त्यस्तै पत्रकारिताको माध्यमबाट हवाई खेलकूदको प्रवद्र्धनमा निर्वाह गरेकामा पत्रकारद्वय केशव पाठक र सुमन ढुंगानालाई रु १५ हजारसहित सम्मान गरिएको थियो। संस्थामा हाल ६० व्यावसायिक संस्था र ३०० पाइलटहरु आबद्ध छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .