बेल्जियमलाई पराजित गर्दै फ्रान्स समूह डीको विजेताका रुपमा महिला युरो च्याम्पियनसिपको क्वार्टरफाइनल खेल्ने भएको छ।
बिहीबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई २–१ गोल अन्तरले पाखा लगाएको हो।
फ्रान्सका लागि काडिडाटोउ डियानीले खेलको छैटौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
खेलको ३६औँ मिनेटमा केम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। ४१औँ मिनेटमा फ्रान्सका लागि एमबोक बाथेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन्।
खेलको ८९औँ मिनेटमा बेल्जियम १० खेलाडीमा सीमित भयो। बेल्जियमकी टेसिक दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिइन्।
फ्रान्सले यसअघि इटालीलाई ५–१ को फराकिलो अन्तरले हराएको थियो।
यही समूहको अर्को खेलमा इटाली र आइसल्यान्डले बराबरी खेल्दै अंक बाँडे।
आइसल्यान्डले खेलको तेस्रो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा इटालीसँग अंक बाँड्न बाध्य भयो।
पहिलो हाफमा १–० को अग्रता बनाएको आइसल्यान्डले ६२औँ मिनेटमा गोल खान पुग्यो। इटालीका लागि बर्गामास्चीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।
Shares
प्रतिक्रिया