ad ad

खेल


सावित्राको ह्याट्रिकसँगै नेपाल एक खेल अगावै फाइनलमा

सावित्राको ह्याट्रिकसँगै नेपाल एक खेल अगावै फाइनलमा

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार १०:३७,

माल्दिभ्सविरुद्धको खेलमा ३–० को जित निकालेसँगै नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो।

नेपालको जितमा सावित्रा भण्डारीले माल्दिभ्सविरुद्ध ह्याट्रिक पुरा गरिन्।

इतिहास रचेको खेलमा सावित्राले ह्याट्रिक गरेकी हुन्।

माल्दिभ्सविरुद्धको खेलमा सावित्राले १८ औं मिनेटमा सुरुवाती गोल गर्दा खेलको २२ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन्।

उनले इन्जुरी समयमा पेनाल्टीमा गोलगर्दै ह्याट्रिक पुरा गरेकी हुन्। यस खेलको पहिलो गोल गर्दा नै सावित्रा नेपालकी सर्वाधिक गोलकर्ता बन्न सफल भएकी थिइन्।

यसअघि उनका नाममा ३५ गोल थियो। जुन पूर्व कप्तान अनु लामाको नाममा रहेको कीर्तिमानको बराबरी थियो।

ह्याट्रिक गरेसँगै सावित्रको अन्तर्राष्ट्रिय गोलसंख्या गोल संख्या ३८ पुगेको छ।

यसअघि नेपालले सुरुवाती खेलामा भुटानलाई १–० ले हराएको थियो। यससँगै नेपालले भारतसँग फाइनलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ। यसअघि भारत पनि एक खेल अगावै फाइनलमा प्रवेश गरेको थियो।

एक खेल बाँकी रहँदा अंकका आधारमा श्रीलंका र माल्दिभ्सले नेपाल र भारतलाई नभेट्ने भएपछि दुवै टोली एक खेल अगावै फाइनलमा पुगेका हुन्।

फाइनल अघि राउण्ड रोविन चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल शनिबार हुनेछ।

फाइनलमा पनि नेपाल र भारत नै भिड्नेछन्। खेल सोमबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .