ठग्ने बहाना अनेक हुन सक्छन्। तर, ठगीका त्यस्ता सबै तरिकालाई माथ खुवाउने ठगी रुसमा भएको छ। रुसी अधिकारीहरुले देशकै नक्कली सीमा खडा गरी मानिसहरुलाई ठग्ने एक व्यक्ति पक्राउ गरेका छन्।
अवैध बाटो हुँदै आप्रवासी कामदारहरुलाई युरोपेली युनियनको सदस्य रहेको फिनल्यान्ड पु¥याइदिने लालच देखाएर नक्कली सीमा कटाउने ती व्यक्ति पक्राउ परेपछि यस्तो ठगीको पोल खुलेको हो।
फिनल्यान्ड पु¥याइदिने भन्दै ती व्यक्तिले चार दक्षिण एसियाली आप्रवासीबाट प्रतिव्यक्ति १० हजार डलरका दरले रकम लिए।
तर, उनको योजना भने अर्कै थियो। उनले रुसभित्रै फिनल्यान्डसँगको सीमामा रहेजस्तै सीमा चौकी बनाए।
त्यसपछि उनले मानिसहरुलाई पहिले कारबाट नक्कली सीमानजिक पु¥याए। त्यसपछि हिँडाएर नक्कली सीमा कटाए।
त्यही दिन सीमा सुरक्षामा खटिएका रक्षकहरुले पाँचै जनालाई गिरफ्तार गरे। पक्राउ परेका आप्रवासीलाई जरिवाना गरेर निष्कासन गर्न अदालतले आदेश दिएको छ।
ठगी गर्ने व्यक्तिमाथि भने मुद्दा चल्ने जनाइएको छ। ती व्यक्ति पनि एसियाली नै भएको जनाइएको छ। एजेन्सी
प्रतिक्रिया