घरेलु मैदानमा जारी १३ औं दक्षिण एशियाली खेलकुद साग प्रतियोगिता अन्तर्गत तेक्वान्दोको गेरोगी स्पर्धामा नेपालले थप १ स्वर्ण पदक जितेको छ। बुधबार तेक्वान्दोमा नेपालले जितेको पहिलो स्वर्ण हो।
संगीता बस्यालले भारतकी गगनजोट गिललाई १९–८ ले पराजित गर्दै देशको लागि समेत एक सय स्वर्ण पुरा गरेकी छन्।
उनले सेमिफाइनलमा श्रीलङकाकी मनिसालाई पराजित गर्दै फाइलमा स्थान बनाएकी थिईन् ।
यससँगै नेपालले १३ औं सागमा २८ वटा स्वर्ण हात पारिसकेको छ।
प्रतिक्रिया