एभरेस्ट म्याराथनको उपाधि रशिला र सुमनलाई

एभरेस्ट म्याराथनको उपाधि रशिला र सुमनलाई

सन्तोष तामाङ
मंसिर १८, २०७६ बुधबार १०:१४,

कम्युनिटी एक्सन नेपालको आयोजनामा भएको ४२ किलोमिटर लामो एभरेस्ट ट्रैल म्याराथनमा पुरुषतर्फ सुमन कुलुङ राई र महिलातर्फ रशिला तामाङ प्रथम भएकी छन्।

उपाधिका साथसाथै कम्युनिटी एक्सन नेपालको ओपनिङ च्याम्पियनको पहिलो रेकर्ड पनि राखे।

सोमबार सप्पन्न ५ हजार ३०० मिटरको उचाइबाट सुरु गरिएको सो दौड प्रतियोगिता ३ हजार ३४६ मिटर एभरेस्ट बेस क्याम्प नाम्चे बजारमा अन्त्य भएको हो।

निर्धारित ४२ किलोमिटर ३ घण्टा ३९ मिनेटमा पार गर्दै राई प्रथम भए। त्यस्तै पासाङ सोना शेर्पा ३ घन्टा ५६ मिनेटमा सो दूरी पार गर्दै दोश्रो र नावाङ तेन्जिङ शेर्पा ४ घन्टा २ मिनेटमा पार गर्दै तेस्रो स्थान हासिल गरे।

यसैगरि महिलातर्फको दौडमा सोलुखुम्बु र फ्रान्ससेली प्रतिद्वन्द्वीहरुलाई पछि पार्दै धादिङको रशिला तामाङले उपाधि हात पारेकी हुन। उनले निर्धारित दूरी ५ घन्टा १७ मिनेटमा पार गरी प्रथम भएकी हुन।

सोलुखुम्बुकी ल्हमु शेर्पा र फ्रान्सकी सब्रिना भेर्जीले निर्धारित दूरी क्रमशः ६ घन्टा २७ मिनेटमा र ६ घन्टा ५१ मिनेटमा पार गरि दोस्रो र तेस्रो स्थान हासिल गरेकी छन्। महिला र पुरुष दुबैतर्फका पहिलो, दोश्रो र तेस्रोलाई क्रमशः ३ सय, २ सय र १ सय अमेरिकी डलर नगद र मेडल ट्रफी ििदइएको थियो।

विश्वको हाइअल्टिच्युट सम्पन्न यो दौडमा ३६ जना विदेशी धावक धाविकाले सहभागी जनाएको थियो।

एभरेस्ट म्याराथन दौड प्रतियोगिता १९८५ मा सुरुवात गरिएको भए पनि कम्युनिटी एक्सन नेपालको आयोजना भने यो पहिलो पटक हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .