ad ad

खेल


पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र अरुणा उत्कृष्ट खेलाडी

पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र अरुणा उत्कृष्ट खेलाडी

नेपालखबर
असार १९, २०७९ आइतबार ७:६, काठमाडौँ

छैटौं पोखरा स्पोर्ट्स अवार्डमा लङ टेनिसले तीन विधामा अवार्ड प्राप्त गरेको छ। शनिबार प्रदान गरिएको ७ विधामा अवार्ड प्रदान गरिएको हो। 

त्यस्तै टेनिसका प्रदीप खड्का वर्ष उत्कृष्ट पुरुष खेलाडी चुनिए। भलिबलकी अरुणा शाही वर्ष उत्कृष्ट महिला खेलाडी चुनिइन्। टेनिसले वर्ष उत्कृष्ट खेलाडीसँगै उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीको अवार्ड समेत पाएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको स्पोट्र्स अवार्ड २०७८ सालको खेल प्रदर्शनका आधारमा प्रदान गरिएको थियो। नेपाली राष्ट्रिय महिला सिनियर टोलीकी कप्तान समेत रहेकी अरुणाले इलेक्ट्रोनिक स्कुटर सहित अवार्ड प्राप्त गरेकी हुन्।

अरुणाले यसअघि पनि दोस्रो संस्करणको पोखरा स्पोर्ट्स अवार्ड समेत जितेकी थिइन्। उनको नेतृत्वमा नेपालले भलिबलमा दशकौ पछि पहिलोपटक अन्तर्राष्ट्रिय रुपमा स्वर्ण हासिल गरेको थियो। नेपालले सेन्ट्रोल जोन भलिबलको उपाधि जितेको थियो। जुन नेपाली भलिबलको इतिहासमा स्वर्णिम क्षण थियो।

यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडी टेनिसका प्रदीप खड्का नेपालको १ नबर खेलाडी समेत हुन्। उनले १३ औँ सागमा नेपाललाई पहिलोपटक टेनिसमा पदक दिलाएका थिए। यतिमात्रै होइन, सानै उमेरमा उनले २०७७/२०७८ सालमा बंगलशादेशमा टेनिसको यू–१९ को राष्ट्रिय प्रशिक्षकसमेत भएका थिए।

पोखरा स्पोर्ट्स अवार्ड वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ सम्मानित भएको छ। संघलाई नगद ३५ हजार रुपैयाँ सहित अवार्ड प्रदान गरिएको हो। तेक्वान्दो प्रदेशमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमै सबैभन्दा बढी पदक जितेको थियो।

यस्तै वर्ष उत्कृष्ट उदियमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठ सम्मानित भएका छन। वर्ष उत्कृष्ट प्रशिक्षक अवार्डबाट पनि टेनिसका निरज थापा सम्मानित भए।

लाइफ टाइम एचिभमेन्ट अवार्डबाट गणेश भट्टराई सम्मानित भए। सम्मानित हुँदै थापाले नेपालको झण्डा बोकेर अन्तर्राष्ट्रिय क्षेत्रमा फहराउनु जस्तो गर्वको कुरा अरु केही नभएको बताए।

उनले खेलकुदमा राज्यको लगानी अति नै न्यून रहेको गुनासो पोखे। वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट दीपक परियार सम्मानित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .