ad ad

खेल


एन्फा चुनाव : त्रिपक्षीय प्रतिस्पर्धाबाट चार वर्षको लागि नयाँ नेतृत्व चयन हुँदै

एन्फा चुनाव : त्रिपक्षीय प्रतिस्पर्धाबाट चार वर्षको लागि नयाँ नेतृत्व चयन हुँदै

नेपालखबर
असार ६, २०७९ सोमबार १३:९, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षको कार्यकालका लागि सोमबार त्रिपक्षीय भिडन्त हुँदै छ। 

काठमाडौंमा जारी जारी साधारण सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ। 

एन्फाको आगामी ४ वर्षको कार्यकालका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ प्यानलसहित चुनावी मैदानमा छन्। अध्यक्षका अर्का प्रत्याशी फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव राज पौड्याल भने एक्लै चुनावी मैदानमा छन्।चुनावी साधारणसभाको बन्द सत्र जारी छ। म्तदान प्रक्रिया भने दिउँसो २ बजेबाट सुरु हुनेछ। 

साधारणसभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य छान्नेछ। 

अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उमेदवारी परेको छ। सदस्यमा मिलन गुरुङ र सुरेन्द्र शिख्रकार, सुन्दर थापा क्षेत्री र कुमार कटवाल भने स्वतन्त्र रुपमा चुनाव लड्दैछन्। 
यसअघि भएको निर्वाचनमा एकै प्यानलबाट चुनाव लडेका शेर्पा र नेम्वाङ यो पटक दुई धारमा देखिएका छन्। 

एन्फाको निर्वाचनमा ८४ जनाले मताधिकार प्राप्त सदस्य छन्। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भएपनि यसपटक ४२ जिल्लाले मात्र मताधिकार पाएका छन्।  भक्तपुर र सिन्धुलीको जिल्ला निर्वाचनमा विवाद हुँदा मताधिकारबाट वञ्चित भए। 

निर्वाचनमा १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लब, राष्ट्रिय लिगमा छनोट भएका मोफसलका ४ क्लबले मत दिनेछन्। एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले पनि मत दिनेछन् ।

निर्वाचन समितिले दिएको समयसिमा भित्र चार जना सदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। सदस्यका उमेदवार मणिराज लिम्बु, विमला पौडेल, बालकृष्ण सिंह ठकुरी र शम्भुसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिए। 

शेर्पा प्यानल
अध्यक्ष – कर्मा छिरिङ शेर्पा
वरिष्ठ उपाध्यक्ष – शिक्षित पराजुली

उपाध्यक्ष – उपेन्द्र मान सिंह, विज्ञान राज शर्मा, दीर्घ बहादुर केसी (कुमार) र रत्न कुमार श्रेष्ठ 

सदस्यहरु – अनिल श्रेष्ठ, भरत बुढ्थापा, मनिष जोशी, रमेश व्यन्जनकार, पेमा डोल्मा लामा, बिना श्रेष्ठ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठौंर, रुपेश अधिकारी, विनोद लामा तामाङ, दिपक थापा क्षेत्री, प्रविण कुमार यादव, राम राज गुरुङ, मणि राज विष्ट र टिका लामा

पंकज प्यानल
अध्यक्ष – पंकज विक्रम नेम्वाङ
वरिष्ठ उपाध्यक्ष – वीर बहादुर खड्का
उपाध्यक्ष – विराट जंग शाही, दावा लामा, दीपक खतिवडा, सुन्दर नरसिंह जोशी 
सदस्यहरु – महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा लिलि, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रविन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रविण सुवाल, तपेश्वर राउत, विन्द्रा देवान र सरिला श्रेष्ठ

स्वतन्त्र उम्मेदवार अध्यक्ष – राजीव राज पौड्याल

स्वतन्त्र उमेदवार सदस्य – मिलन गुरुङ र सुरेन्द्र शिख्रकार, सुन्दर थापा क्षेत्री र कुमार कटवाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .