ad ad

खेल


१२ स्वर्णसहित नेपाल च्याम्पियन

१२ स्वर्णसहित नेपाल च्याम्पियन

नेपालखबर
असार ५, २०७९ आइतबार १३:५२, काठमाडौँ

भारतको जयपुरमा सम्पन्न आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ। 

नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै नेपाललाई टिम च्यामिपयन बनाएको हो। 

नेपालका लागि वर्षा के.सी.(१३ वर्ष), झरना के.सी.(१४ वर्ष), सुरोज राजवाहक (१५ वर्ष), एन्जीला राई (१६ वर्ष), शाहिल घले (१६ वर्ष), सर्मिला वाइवा (१७ वर्ष), पुष्पका लामा (४५ केजी), वर्षा बुढामगर (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), एरिका गुरुङ्ग (६८ केजी माथि) स्वर्ण पदक जिते। नेपालका लागि लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाएको टोली नेता एवं प्रशिक्षक चित्र प्रसाद श्रेष्ठले बताए।  

रुपक श्रेष्ठ (१७ वर्ष) र सम्मान मल्ल श्रेष्ठ (५० केजी मुनि) ले रजत पदक प्राप्त गरे। सुरेन्द्र तामाङ्ग (६७ केजी) र सञ्जय महर्जन (८४ केजी माथि)ले कास्य पदक जिते।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .