ad ad

खेल


मदन भण्डारी जयन्तीमा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता सुरु

मदन भण्डारी जयन्तीमा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता सुरु

नेपालखबर
असार ५, २०७९ आइतबार १३:४३, काठमाडौँ

मदन भण्डारीको ७१ औँ जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले राष्ट्रव्यापी खेलकुद प्रतियोगिता सुरु गरेको छ। 

एकेडेमीले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै असार महिनाभर ८ प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो। राष्ट्रव्यापी खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताका लागि ट्यालेन्ट हन्ट सुरु भइसकेको छ।

शुक्रबारदेखि सुरु भएको ट्यालेन्ट हन्टसहित यू–१४, यू–१६ र यू–१८ का प्रतियोगिता आयोजना गर्दै छ। भैरहवा, दमक, विरगंज र जनकपुरमा हुने प्रतियोगिताको विजेताले ३० तथा उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

यस्तै काठमाडौ र बुटवलमा भलिबल प्रतियोगिता आयोजना हुनेछ। बुधबारदेखि काठमाडौमा खुल्ला कलेज स्तरिय प्रतियोगिता हुनेछ। बुटवलमा भने असार देखि १३ गतेसम्म स्पर्धा हुनेछ।

दुवै स्थानका प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। 

१८ गते झापामा राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुनेछ। रेस्लिङमा लाइट वेट च्याम्पियनले ६० हजार, ट्याग टिम च्याम्पियनले ७५, लेडिज लाइट वेट च्याम्पियनले ७०, मिडल वेट च्याम्पिनयले ९५, हार्ड कोर च्याम्पियनले एकलाख तथा हेभी वेट च्याम्पियनले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

असार ११ गतेदेखि बुटवलमा तथा १४ गतेदेखि काठमाडौमा बुद्धिचाल प्रतियोगिता हुनेछ।  विद्यालयय स्तरिय प्रतियोगिताको विजेताको २०, दोस्रा हुनेले १० तथा तेस्रो हुनेले ७ हजार रुपैयाँ पाउनेछन्। 

असार १५ देखि काठमाडौमा इन्टर कलेज बास्केटबल प्रतियोगिता हुनेछ। जसको विजेताले ५० तथा दोस्रो हुनेले २५ हजार रुपैयाँ पाउनेछन्। 
असार १७ र १८गते राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुनेछ। प्रतियोगितामा पुरुष  महिला खुलाको विजेताले ५० हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ तथा चौथो हुनेले १० हजार रुपैयाँ पाउनेछन्। परुष ५५ केजी तौल समुहमा २५ हजार, दोस्रोले १५, तेस्रोले १० तथा चौथो हुनेले ५ हजार रुपैयाँ पाउनेछन्। 

असार २० देखि ललितपुर उपत्यका स्तरीय तेक्वान्दो प्रतियोगिता हुनेछ। जसको विजेताले २०, दोस्रोले १५ तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने एकेडेमीले जनाएको छ। 

प्रतियोगिता सम्पन्न गर्न १ करोड १ लाख रुपैयाँ खर्च लाग्ने एकेडेमीको अनुमान छ। प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्ले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .