ad ad

खेल


एकदिवसीय क्रिकेटमा इंगल्याण्डको कीर्तिमान

एकदिवसीय क्रिकेटमा इंगल्याण्डको कीर्तिमान

नेपालखबर
असार ४, २०७९ शनिबार ७:०, काठमाडौँ

इंगल्याण्डले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएको छ। नेदरल्याण्ड्सविरुद्धको शुक्रबार भएको खेलमा इंगल्याण्डले ४९८ रन बनाउँदै इतिहासकै सर्वाधिक ठूलो योगफल बनाएको हो ।

भिआर क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको इंगल्याण्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४९८ रन बनायो । यसअघि ओडिआईमा सर्वाधिक ठूलो इनिङ २०१८ मा इंगल्याण्डले अष्ट्रेलियाविरुद्ध ६ विकेट गुमाउँदै ४८१ रन बनाएको थियो । उसले आफ्नो रेकर्ड तोडेको हो ।

इंगल्याण्डका जोस बटलरले ७० बलमा ७ चौका र १४ छक्कासहित सर्वाधिक १६२ रनको अविजित विष्फोटक शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको सर्वाधिक उच्च प्रदर्शन हो । युवा ब्याटर फिलिप साल्टले ९३ बलमा १४ चौका र ३ छक्कासहित १२२ रनको शतकीय इनिङ खेले ।

उनको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो । डेविड मलानले १०९ बलमा ९ चौका र ३ छक्कासहित १२५ रनको शतकीय इनिङ खेले । मलानको यो ओडिआई करिअरको पहिलो शतक हो । मलान जस बटलरपछि तीनै फरम्याटमा शतक प्रहार गर्ने इंगल्याण्डका दोस्रो पुरुष खेलाडी बनेका छन् ।

दोस्रो विकेटका लागि मलान र साल्टले २२२ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । 

तल्लोक्रमका लियाम लिभिङस्टोनले २२ बलमा ६ चौका र ६ छक्कासहित ६६ रनमा अविजित रहे । तेस्रो विकेटका लागि बटलर र मलानले ९० बलमा १८४ रनको शतकीय साझेदारी गरेका थिए । 

शुक्रबारको खेलमा इंगल्याण्डका ब्याटरले २६ छक्का प्रहार गरेका थिए। एकदिवसीय क्रिकेटमा एकै इनिङमा बनेको यो सबैभन्दा धेरै छक्का हो। 

शुक्रबारको खेलमा नेदरल्याण्ड्स २३२ रनले पराजित भयो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .