ad ad

खेल


यस्तो छ इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुवाती खेल तालिका

यस्तो छ इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको सुरुवाती खेल तालिका

प्रतिनिधिमूलक तस्बिर


नेपालखबर
असार २, २०७९ बिहिबार १६:२६, काठमाडौँ

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ। 

लिगअन्तर्गत २०२२/२३ मा क्लबहरुबीच हुने खेलहरुको समयतालिका सार्वजनिक भएको हो। 

यसअनुसार पछिल्लो विजेता म्यानचेस्टर सिटीले अवेअन्तर्गत वेस्टह्यामसँग खेलेर लिगमा पहिलो खेल खेल्नेछ। 

यसमा कतार विश्वकपका लागि मध्यसिजन ब्रेक हुनेछ। 

नोभेम्बर १२–१३ देखि डिसेम्बर २६ सम्म विश्वकपका कारण कुनै खेल हुनेछैन। 

पहिलो खेल अगस्ट ५ मा क्रिस्टल प्लेसले आर्सनललाई निम्त्याउनेछ। लिभरपुलले प्रिमियर लिगमा प्रमोसन भएको फुलहमसँग खेल्दा नटिंघम फरेस्टले न्युक्यासलमा खेल्नेछ। 

फरेस्ट सन १९९८–९९ को सिजनपछि पहिलोपटक प्रिमियर लिगमा बढुवा भएको हो। 

यता विश्वकप नोभेम्बर २१ मा सुरु हुनेछ। इंग्ल्यान्ड र वेल्सले विश्वकपमा प्रतिस्पर्धा गर्नेछन्। प्रिमियर लिग सुरु हुनु आठ दिनअघि डिसेम्बर १८ मा विश्वकप फाइनल हुनेछ। 

१२–१३ नोभेम्बरको सप्ताहान्तमा हुने खेलमा ठूला छ क्लबबीच परस्पर भेट हुनेछैन।  

यस्तो छ पहिलो चरणको प्रिमियर लिग खेल तालिका 
अगस्ट ५, शुक्रबार

क्रिस्टल प्यालेसविरुद्ध आर्सनल

अगस्ट ६, शनिबार 
फुलहमविरुद्ध लिभरपुल
बर्नमाउथविरुद्ध एस्टन भिया
लिड्स युनाइटेडविरुद्ध वल्भरह्याम्प्टन
लिसेस्टर सिटीविरुद्ध ब्रेन्टफर्ड
न्युक्यासल युनाइटेडविरुद्ध नटिङघम फरेस्ट
टोटेनह्याम हट्सपरविरुद्ध साउद्याम्प्टन
एभर्टनविरुद्ध चेल्सी 

अगस्ट ७, आइतबार 
म्यानचेस्टर युनाइटेडविरुद्ध ब्राइटन
वेस्टह्याम युनाइटेडविरुद्ध म्यानचेस्टर सिटी 

छ हप्ता लामो ब्रेक 
२०२२–२३ सिजनको मध्यतिर विश्वकप फुटबल पर्ने भएकाले लामो ब्रेक हुनेछ। अरुबेला २०२१–२२ क्याम्पेनको अन्तिम दिनको ७५ दिनपछि सुरु हुने भए पनि यसपटक भने १ हप्ताअघि नै नयाँ सिजन सुरु भएर २८ मेभन्दा एक हप्ता पछि सकिनेछ। 

फिफाले खेलाडीहरुलाई विश्वकपका लागि नोभेम्बर १४ मै रिलिज गरिसक्नुपर्नेछ। यसको अर्थ मध्यसिजनको ब्रेक छ हप्ताभन्दा लामो हुनेछ।

कतार विश्वकपअघि १६ म्याचडे हुनेछन्। जुनमध्ये पाँचवटा अगस्टमा, तीनवटा सेप्टेम्बरमा, छवटा अक्टोबरमा र दुईवटा नोभेम्बरमा हुनेछन्। 

नोभेम्बर १२–१३ मा विश्वकपअघि हुने खेलहरु 
बर्नमाउथविरुद्ध एभर्टन
ब्राइटनविरुद्ध एस्टन भिया
फुल्हमविरुद्ध म्यानचेस्टर युनाइटेड
लिभरपुलविरुद्ध साउथह्याम्प्टन
म्यानचेस्टर सिटीविरुद्ध ब्रेन्टफर्ड
न्युक्यासल युनाइटेडविरुद्ध चेल्सी
नटिंघम फरेस्टविरुद्ध क्रिस्टल प्यालेस
टोटेनह्याम हट्सपरविरुद्ध लिड्स युनाइटेड
वेस्ट ह्याम युनाइटेडविरुद्ध लिसेस्टर सिटी
वल्भरह्याम्प्टनविरुद्ध आर्सनल   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .