ad ad

खेल


आईसीसी विश्वकप लिग २ : अमेरिकासँग खेल्दै नेपाल

आईसीसी विश्वकप लिग २ : अमेरिकासँग खेल्दै नेपाल

नेपालखबर
असार १, २०७९ बुधबार १५:३३, काठमाडौँ

अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा बुधबार घरेलु टोलीसँग खेल्दैछ। मुसा क्रिकेट स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ। 

पहिलो खेलमा अमेरिकासँगको खेल टाई भएको नेपाल घरेलु टोलीलाई हराउँदै सिरिजको अन्त्य गर्न चाहान्छ। उता घरेलु टोली अमेरिकाभने अंक तालिकामा दुई अंक जोड्ने दाउमा छ। 

नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २ सय ७४ रन बनाएपछि खेलमा रोमाञ्चक बराबरी भएको थियो। 

पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने ओमानमाथि ७ विकेटको जित निकालेको थियो।  नेपालसँगको हारसँगै ओमानले लिग–२ का सबै ६ वटा खेल पुरा गरेको छ।

अंक तालिका
आइसीसी लिग–२ अन्तर्गतका ३६ खेलमध्ये २१ मा जित र १३ खेलमा हार भोग्दै ओमान ४४ अंकमा तालिकाको शीर्ष स्थानमा छ। २७ अंक भएको स्कटल्यान्ड दोस्रो र २६ अंक भएको युएई तेस्रो स्थानमा छ। 

२३ खेलमध्ये १० खेलमा जित र १२ मा हार भोगेको अमेरिका २१ अंक जोड्दै चौथो स्थानमा छ। १५ खेलमा ७ मा जित र त्यति नै खेलमा हार भोगेको नेपाल १५ अंक बनाउँदै पाँचौं स्थानमा उक्लिएको छ।

नेपालभन्दा एक खेल कम खेलेको नामिबियाले १४ खेलबाट १४ अंक जोड्दै छैटौं स्थानमा छ। २० खेलमध्ये १ मा जित र १९ मा हार भोगेको पपुवा न्युगिनी २ अकमा पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .