ad ad

खेल


न्युजिल्याण्डलाई पन्छाउँदै कोस्टारिका विश्वकपका लागि छनोट

न्युजिल्याण्डलाई पन्छाउँदै कोस्टारिका विश्वकपका लागि छनोट

नेपालखबर
असार १, २०७९ बुधबार ७:८, काठमाडौँ

कोस्टारिका कतार विश्वकप २०२२ का लागि छनोट भएको छ।

मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई १–० गोल अन्तरले हराउँदै कोस्टारिका विश्वकपका लागि छनोट भएको हो।

मंगलबार भएको खेलको तेस्रो मिनेटमा नै जोएल काम्पबेलले गोल गर्दै कोस्टारिकालाई अग्रता दिलाएका थिए।

उक्त गोल नै खेलको निर्णायक बन्न पुग्यो। खेलको ६९ औं मिनेटमा न्युजिल्याण्डका कोस्टा बारबारसले रातो कार्ड खाँदै बाहिरिएसँगै न्युजिल्याण्ड १० खेलाडीमा सीमित भएको थियो। 

कोस्टारिका विश्वकपमा छनोट हुने अन्तिम टोली बनेको छ।

कतारमा नोभेम्बर २१ देखि सुरु हुने विश्वकपअन्तर्गत नोभेम्बर २३ मा कोस्टारिकाले आफ्नो पहिलो खेलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .