आईसीसी वान डे वरीयतामा भारतलाई पाकिस्तानले उछिनेको छ।
पाकिस्तानको टिमले हालै मात्र वेस्टइन्डिजविरुद्ध घरेलु वान डे सिरिजमा क्लिन स्वीप गरेपछि यो उपलब्धी हाँसिल गरेको हो।
भारत विश्व वरीयतामा अहिले पाँचौँ स्थानमा रहँदा छिमेकी पाकिस्तान चौथो स्थानमा पुगेको हो।
आईसीसी वान डेको ताजा वरीयतामा पाकिस्तानको १०२ देखि बढेर १०६ प्वाइन्ट भएको छ। ऊ पाँचौँबाट चौथोमा उक्लिएको हो।
अर्कातिर भारतको १०५ प्वाइन्ट छ। भारतीय टिमले लामो समयदेखि वान डे सिरिज खेलेको छैन।
त्यहीकारण उसको वरीयता पनि ओरालो लागेको छ। यो वरीयतामा न्यूजिल्याण्डको टिम पहिलो, इङ्ग्ल्यान्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा रहेका छन्।
144
Shares
प्रतिक्रिया