यूईएफए नेन्सन्स लिगअन्तर्गत शनिबार राति भएको खेलमा जर्मनी र हंगेरीले १–१ को बराबरी खेलेका छन्।
शनिबारको खेलको छैटौं मिनेटम नै हंगेरीका लागि सोल्ट नागीले गोल गर्दै अग्रता दिलाएका थिए।
तर, त्यसको तीन मिनेटपछि जर्मनीका जोनास हफम्यानले बराबरी गोल फर्काए। त्यसपछि खेलमा थप गोल हुन सकेन र दुवै टोलीले १/१ अंक बाँडे।
यससँगै समूह सीमा रहेको जर्मनी जितविहीन हुँदै तेस्रो स्थानमा रह्यो। उसले ३ खेलबाट ३ अंक हात पार्यो। समूहमा १ जित र दुई बराबरीका साथ इटाली शीर्षस्थानमा रह्यो भने इंगल्याण्डले १ हार र दुई बराबरीसहित २ अंक हात पार्यो।
30
Shares
प्रतिक्रिया