ad ad

खेल


पोल्याण्डमाथि बेल्जियमको फराकिलो जित

पोल्याण्डमाथि बेल्जियमको फराकिलो जित

नेपालखबर
जेठ २६, २०७९ बिहिबार ७:१०, काठमाडौँ

यूईएफए नेसन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा बेल्जियमले पोल्याण्डमाथि ६–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ।

बुधबार भएको खेलको २८ औं मिनेटमा नै रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर खेलको ४२ औं मिनेटमा बेल्जियमका एक्सेल विटसेलले बराबरी गोल फर्काएका थिए।

खेलको ५९ औं मिनेटमा केभिन डि ब्रूयनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।

त्यस्तै खेलको ७३ औं र ८० औं मिनेटमा लियन्द्रो ट्रोसार्डले गोल गरेका थिए भने ८३ औं मिनेटमा लियनडेर डेनडोन्करले गोल गरेका थिए।

खेलको इन्ज्युरी समयमा लोइस ओपेन्डाले एक गोल थपेका थिए। 

यससँगै समूह डीमा रहेको बेल्जियमले २ खेलबाट ३ अंक जोडेको छ। अर्को खेलमा नेदरल्याण्ड्सले वेल्समाथि २–१ गोल अन्तरको जित हात पारेको छ।

यससँगै नेदरल्याण्ड्स ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .