ad ad

खेल


यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

फाइल तस्बिर


नेपालखबर
जेठ २०, २०७९ शुक्रबार १०:४१, काठमाडौँ

नेपाली महिला टोलीको घातक बलिङमा आईसीसी यू–१९ महिला टी–२० विश्वकप एशिया छनोटमा महिला टोलीले विजयी सुरुवात गरेको छ। 

एशिया छनोटको पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दै नेपालले सानदार विजयी हात पारेको हो। 

नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा ओभरमा ३८ रन जोड्दा अलआउट भयो। 

कतारलाई कम स्कोरमा रोक्न नेपालका सृष्टि जैसी एक्लैले ३ विकेट लिइन्। स्नेहा मगर, कृतिका मरासीनी र अनु कठायतले समान २ विकेट लिए। 

कतारका लागि ओपनर साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४ रन जोडे। दुई ब्याटरले १ रन बनाएको कतारका लागि अन्य ब्याटरले खाता खोल्न सकेनन्। 

त्यसअघि शुक्रबार मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १७ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि आश्मा पुलामी मगर ३२ र सृष्टि जैसी २३ रनमा नटआउट रहे। सानु राजवंशी २१ रन जोड्दा रनआउट भइन्। अञ्जली विश्वकर्माले ११ र किरण कुमारी कुँवरले १ रन थपे। 
कतारका लागि साँची ढड्वाल र एलिना खानले समान एक विकेट झारे। 

दोस्रो खेलमा नेपालले शनिबार यूएईसँग खेल्नेछ।

एसिया छनोटअन्तर्गत ६ टोलीमध्ये शीर्षस्थानमा रहने टोली दक्षिण अफ्रिकामा हुने पहिलो यू–१९ महिला टी–२० विश्वपको लागि छनोट हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .