ad ad

खेल


रियल मड्रिड जाने सपना सकिएको छैन : एमबाप्पे

रियल मड्रिड जाने सपना सकिएको छैन : एमबाप्पे

नेपालखबर
जेठ १०, २०७९ मंगलबार ७:१२, काठमाडौँ

पीएसजीका फरवार्ड कायलिन एमबाप्पेले आफ्नो रियल मड्रिड जाने सपना अझै नसकिएको बताएका छन्।

पीएसजीमा नयाँ सम्झौता गरेसँगै उनले यस्तो बताएका हुन्। २३ वर्षीय एमबाप्पेले रियल मड्रिड जान सक्ने आशंका समाप्त पार्दै तीन वर्षको नयाँ सम्झौता गरेका थिए। 

यद्यपि सोमबार बीबीसीसँगको अन्तर्वार्तामा उनले भविष्यमा रियल मड्रिड जाने सम्भावना भने बाँकी रहेको बताएका हुन्।

‘भविष्यमा के हुन्छ भन्ने कसैलाई थाहा हुँदैन’, उनले भने। 

एमबाप्पेले आफू भविष्यको विषयमा सोचेर नबसेको र अहिलेको अवस्थामा पीएसजीको लागि नै सोचिरहेको बताए।

उनले रियल मड्रिडका अध्यक्षले आफूसँग प्रत्यक्ष कुराकानी गरेको बताए।

उनले आफ्नो उनीसँग राम्रो सम्बन्ध रहेको र उनीप्रति सम्मान रहेको भए पनि अहिलेको अवस्थामा पीएसजीमा नै बस्ने निर्णय गरेको सुनाए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .