ad ad

खेल


युगान्डाविरुद्ध नेपाली महिला टोलीको पहिलो जित

युगान्डाविरुद्ध नेपाली महिला टोलीको पहिलो जित

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार १७:५८, काठमाडौँ

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा भएको युगाण्डासँको पाँच खेलको टी–२० आई सिरिजमा पहिलो जित दर्ता गरेको छ। 

नेपालले चौथो खेलमा युगान्डालाई १५ रनले हराएसँगै सिरिज ३–१ को अवस्थामा ल्याएको हो। नेपाल भ्रमणमा रहेको युगान्डाको महिला टोलीले लगातार तेस्रो जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारिसकेको छ। 

नेपालले दिएको ९८ रनको झिनो लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो। 

युगान्डालाई कम स्कोरमा रोक्न नेपालका लागि डेब्यु खेलाडी हिरान्माय रोय २ विकेट झारिन्। सिनियर टोलीमा डेब्यु गरेकी उनले पहिला खेलमा नै ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिएकी हुन्।

कप्तान रुविना क्षत्री, अस्मिना कर्माचार्य र कविता कुँवरले एक–एक विकेट झारे। नेपालले अन्तिम ५ ओभरमा लगातार विकेट झारेपछि नेपालको जित सहज बनेको हो।  

युगान्डाका लागि जनेत एम्बाजीले जोडेको २१ रन नै सर्वाधिक रह्यो। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण मैदान चिसो भएपछि १८ ओभरमा छोट्टाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल एक बल अगावै ९७ रन बनाउँदा अलआउट भयो। 

कमजोर ब्याटिङ गरेको नेपालका लागि ज्योति पाण्डेले बनाएको १७ रन नै सर्वाधिक रह्यो। विन्दु रावलले १६ र सीता रानामगरले ११ रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 
नेपालले सिरिजको अन्तिम खेल भोलि शनिबार खेल्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .