ad ad

खेल


साग मैत्रीपूर्ण क्रिकेट: माल्दिभ्समाथि नेपाल एको सहज जित

साग मैत्रीपूर्ण क्रिकेट: माल्दिभ्समाथि नेपाल एको सहज जित

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १८:३,

मुलपानी क्रिकेट मैदानमा बिहिबार भएको खेलमा नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभरमा ६ विकेट १ सय १ रन मात्र बनाउन सक्यो।

माल्दिभ्सका लागि युफुफ फरातले सर्वाधिक ४२ रन बनाए। यस्तै हसन अब्रिम १८ रन जोडे। माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका आकाश चन्द र नन्दन यादवले २/२ विकेट लिए।

यस अघि नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। नेपालका लागि भिम सार्कीले सर्वाधिक ३३ रन बनाए । यस्तै अमित श्रेष्ठ २९, रित गौतम २५, सुवास खकुरेल २० र दिलीप नाथले १८ रन बनाए।

नेपाल ए टिमको नेतृत्व शरद भेषवाकरले गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .