ad ad

खेल


एन्फाका पूर्वअध्यक्ष गणेश थापालाई थप कारवाही गर्ने फिफाको चेतावनी

एन्फाका पूर्वअध्यक्ष गणेश थापालाई थप कारवाही गर्ने फिफाको चेतावनी

नेपालखबर
जेठ ४, २०७९ बुधबार १९:२, काठमाडौँ

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) का पुर्व अध्यक्ष गणेश थापालाई फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न प्रतिबन्धको स्मरण गराएको छ। 

फिफाले लेखेको पत्रमा थापाले फिफाको निर्णय उल्लघंन गरेको पाइए थप कारवाहीका लागि अनुसासन समितिमा रिर्पोट गर्न भनिएको छ। 

एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै लेखेको पत्रमा फिफाका सदस्य केनी जँ मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले पूर्वअध्यक्ष थापालाई फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा भाग नलिन फेरी स्मरण गराएको हो। 

पत्रमा पूर्व अध्यक्ष थापालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबलका गतिविधि, प्रशासनिक तथा अन्य गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ। 

पुर्व अध्यक्ष थापालाई फिफाको अनुसासन समितिले उपहार तथा अन्य सुविधा लिएको तथा  भष्टाचार गरेको पुष्टि भएपछि सन् २०१५ मा १० वर्षका लागि फुटबलमा लाग्न प्रतिबन्ध लगाएको थियो। 

फिफाको प्रतिबन्धपछि पनि थापा पछिल्लो समय फुटबलका गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनले पत्रकार सम्मेलन गर्दै आफूमाथि लागेको आरोपको पुष्टि गर्न एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई चुनौती दिएका थिए। थापा सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .