सोमबार अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी ३२ वर्ष पुग्दैछन्। तर जन्मदिन जस्तो उल्लासमय क्षणमा मेस्सी तनावमा छन्।
कारण, जन्मदिनको एकदिन अगाडि अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई आफ्नो राष्ट्रिय टोलीको ‘कोपा अमेरिका सपना’ जोगाउने ठूलो जिम्मेवारी छ।
सन् १९८७ जुन २४ मा जन्मिएका मेस्सी विश्वकै उत्कृष्ट फुटबलर हुन्। यद्यपी कोपा अमेरिकामा फितलो प्रदर्शनका कारण उनको टोली अहिले ‘गर या मर’को स्थितीमा पुगेको छ।
आइतबार राति कोपा अमेरिकामा अर्जेन्टिना र कतारबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आजराति पौने १ बजे सुरुहुनेछ। आजको खेल अर्जेन्टिना र कतार दुवैका लागि क्वाटर फाइनल प्रवेशको निर्णायक खेल हो।
यी दुईमध्ये कुनै एक टोलीले हारे, पराजित टोलीको कोपा अमेरिका सपना विलिन हुनेछ। मेस्सीले यसअघि अर्जेन्टिनालाई ३ पटक कोपा अमेरिका फाइनल र एक पटक विश्वकप फाइनलमा पुर्याइसकेका छन्। तर कुनै उपाधि जिताउन सकेका छैनन्।
मेस्सीले कुनै अन्तर्राष्ट्रिय उपाधि हात पार्न सकेका छैनन्। त्यसमाथि गर या मरकोस्थितीमा रहेका मेस्सीले आजको खेल नजिते उनको टोली प्रतियोगिताबाट बाहिरिने छ।
खेल हारे यसपटक पनि कोपा अमेरिका साथै अन्तर्राष्ट्रिय उपाधि जित्ने मेस्सीको लक्ष्य अधुरो हुनेछ।

खेलको अवस्था?
समूह बीमा आज अर्जेन्टिना र कतारसँगै कोलम्बिया र पाराग्वेबीच प्रतिस्पर्धा हुँदैछ।
आजको खेलमा अर्जेन्टिनाले कतारलाई जितेर अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई पराजित गरे। अर्जेन्टिना समूह बीको उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्नेछ।
तर अर्जेन्टिनाले जितेर पनि उता पाराग्वेले कोलम्बियालाई हराए अर्जेन्टिनाले क्वाटरफाइनल चरणमा पुग्नका लागि अन्य समूहमा हुने खेलको भर पर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा अर्जेन्टिना समूह बीमा ४ अंकसहित तेस्रो स्थानमा रहेको हुनेछ।
कोपा अमेरिकामा ३ वटा समूह छन्। ए, बी तथा सी समूहका उत्कृष्ट २ टोली क्वाटरफाइनलमा पुगिसकेका हुन्छन्। हाल कोहीको पुगिसकेका छन्।
अर्जेन्टिनाको उत्कृष्टता प्रतिस्पर्धा त्यसबेला विशेषगरी तेस्रो स्थानमा रहेका अन्य दुई टोलीसँग हुन्छ।
उनीहरु तीनमध्ये अंक र गोल अन्तरका आधारमा २ टोली क्वाटरफाइनल चरणमा पुग्नसक्छन्। त्यसैले आजको खेल जिते अर्जेन्टिना आगामी चरणमा जाने संभावना छ। तर पराजित भए भने अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने छ। जुन एक उत्कृष्ट टोलीको लज्जास्पद हार हुनेछ।
अर्जेन्टिनासँगको खेल अगाडि कतारका प्रशिक्षकले चेतावनीपूर्ण भाषामा आफ्नो टोली मेस्सीसँग फोटो खिचाउन नआएको बताइसकेका छन्।

प्रतिक्रिया