कतारका फुटबल प्रशिक्षक फेलिक्स सान्सेजले अर्जेन्टिनी फुटबल टोलीलाई चेतावनी दिएका छन्।
सान्सेजले आफ्नो टोली कोपा अमेरिकामा स्टार फुटबलर मेस्सीसँग मात्र फोटो खिच्न नआएको बताएका हुन्।
अर्जेन्टिना र कतारबीच आइतबार राति साढे १२ बजे क्वाटर फाइनल प्रवेशको निर्णायक खेलमा प्रतिस्पर्धा हुँदैछ।
‘यो सत्य हो हामीलाई दक्षिण अमेरिकामा धेरैले चिन्दैनन् तर हामीसँग व्यावसायिक खेलाडीहरु छन्। त्यसैले यहाँ प्रतिस्पर्धा गर्न आएका छौं। मेस्सीसँग फोटो खिचाउन आएका होइनौं।’ खेल अगाडि पत्रकार सम्मेलनमा कतारका प्रशिक्षक सान्सेजले भने,‘अर्जेटिना विशेष टोली हो जसले खेल जित्ने सामथ्र्य राख्दछ। हामी विश्वको उत्कृष्ट टोली र उत्कृष्ट खेलाडी भएको टोलीसँग प्रतिस्पर्धा गर्न तयार छौं। हामीसँग क्वाटरफाइनलमा पुग्ने संभावन छ।’

प्रतिक्रिया