ad ad

खेल


जिम्बाबे एद्वारा नेपाललाई ८८ रनको सामान्य लक्ष्य

जिम्बाबे एद्वारा नेपाललाई ८८ रनको सामान्य लक्ष्य

नेपालखबर
बैशाख २४, २०७९ शनिबार १२:११, काठमाडौँ

दोस्रो एकदिवसीय क्रिकेटमा जिम्बाबे एले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाबेले ३१ ओभर ५ बलमामा सबै विकेट गुमाएर ८७ रन बनाएको हो। 

जिम्बाबेलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि करण केसी र सोमपाल कामीले समान ३/३ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट हात पारे। 

जिम्बाबेका लागि जोनाथम काम्पबेलले सर्वाधिक २७ रनको पाली खेले । त्यस्तै ब्राड इभान्सले अविजित २० रन बनाए भने केफास झुवाओले १० रनको पाली खेले ।

अन्य ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन्। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .