ad ad

खेल


९२ लाख ८० हजार डलरमा बिक्यो म्याराडोनाको जर्सी

९२ लाख ८० हजार डलरमा बिक्यो म्याराडोनाको जर्सी

नेपालखबर
बैशाख २३, २०७९ शुक्रबार १३:२९, काठमाडौँ

विश्व फुटबलका सर्वकालीन महान हस्ती डिएगो म्याराडोनाको जर्सी मंहगो मूल्यमा लिलाम भएको छ। 

म्यारोडोनाले सन् १९८६ मा विश्वकपमा लगाएको जर्सी किर्तिमानी रकममा लिलामी भएको हो।

लन्डनमा भएको अक्सनमा म्याराडोनाको जर्सी ९२ लाख ८० हजार डलरमा बिक्री भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

जर्सी खरिदकर्ताको नाम भने गोप्य राखिएको छ। 

मेक्सिकोमा सन् १९८६ को जुन २२ मा इंग्ल्याण्ड र अर्जेटिनाबीचको विश्वकपको क्वार्टरफाइनलमा म्याराडोनाले सोही जर्सीमा हातले गोल गरेका थिए। जुन गोललाई ‘ह्याण्ड अफ गड’ पनि भनिन्छ। 

म्याराडोनाको दुई वर्षअघि निधन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .