ad ad

खेल


सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

नेपालखबर
बैशाख २२, २०७९ बिहिबार ६:४४, काठमाडौँ

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।

सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई हराउँदै रियलले फाइनलको यात्रा तय गरेको हो।

बुधबार भएको दोस्रो लेगको खेलमा रियलले सिटीमाथि ३–१ गोल अन्तरको महत्वपूर्ण जित हात पारेको हो। यससँगै रियलले समग्रमा ६–५ को नतिजा निकाल्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।  पहिलो हाफमा सिटीले रियललाई ४-३ गोल अन्तरले हराएको थियो। 

बुधबार भएको दोस्रो लेगको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ७३ औं मिनेटमा रियाद महरेजले गोल गर्दै म्यानचेस्टर सिटीको अग्रता दोब्बर पारे ।

तर, खेलको ९० औं तथा इन्जुरी समयमा रोड्रिगोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

यससँगै अतिरिक्त समयतर्फ धकेलिएको खेलको ९५ औं मिनेटमा रियलका लागि करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरे। यो गोल नै रियललाई फाइनलमा पुर्‍याउन निर्णायक बन्यो। च्याम्पियन्स लिगको फाइनल खेलमा रियलले अब लिभरपुलको सामना गर्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .