जिम्बाब्वे ‘ए’ले नेपाललाई जितका लागि १३७ रनको लक्ष्य पेस गरेको छ।
आज भएको टी २० शृंखलाअन्तर्गतको तेस्रो खेलमा पाहुना टोलीले घरेलु टोलीलाई सामान्य लक्ष्य पेस गरेको हो।
टस जितेर फिल्डिङ रोजेको नेपालका बलरहरुले राम्रो प्रदर्शन गरेपछि निर्धारित २० ओभरको खेलमा जिम्बाब्वे ए टोलीले ७ विकेट गुमाउँदै १३६ रनमात्र बनाउन सक्यो।
त्यसका लागि इन्नोसेन्ट काइयाले ११ बल खेल्दै १४ रन बनाएर क्याचआउट भए भने टादिवानाशे मारुमानीले ३० बलमा २७ रन बटुले।
त्यस्तै कुडजाई मौन्जेले ६ बलमा ६ रन, रोय काइयाले ४१ बलमा ४९ रन, टी मुनयोंगाले ४ बलमा २ रन, सी मादान्देले ५ बलमा ४ रन, एलएम जोंग्वेले २३ बलमा २३ रन बनाउँदै नटआउट रहँदा बी एभान्सले २ बलमा २ रनको योगदान गरे।
नेपालका बलर सोमपाल कामीले ४ ओभर बलिङ गर्दै १९ रन दिएर १ विकेट झार्दा करण केसी, अविनाश बोहोरा, आदिल आलम विकेटविहीन भए।
बासिर अहमदले ४ ओभर बलिङ गर्दै १८ रन दिएर १ विकेट झारे। कप्तान सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए।
नेपालले पाहुना टोलीलाई अतिरिक्त ९ रन दिएको थियो।
Shares
प्रतिक्रिया